Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंककद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ–‘ग्राहक महानुभावहरुले यस रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।’

यस सुविधाको उपयोग गर्न बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank)  एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077