Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जेनजी आन्दोलनमा लुटेको पेस्तोल खरिद-बिक्रीमा संलग्न पाँच जना पक्राउ

जेनजी आन्दोलनमा लुटेको पेस्तोल खरिद-बिक्रीमा संलग्न पाँच जना पक्राउ

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं। जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली खरिद-बिक्री गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ धुनिवेशी गाउँपालिका घर भई जिल्ला काठमाडौं महानगरपालिका-१५ बस्ने २१ को कृष्ण गुरुङ, काठमाडौं महानगरपालिका-१५ का २५ वर्षीय को राजन देउला, भारत, मोतिहारी घर भई हाल काठमाडौं महानगरपालिका-१५ डेरामा बस्ने २४ वर्षीय अकबर खान, काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्टनजिक बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौं महानगरपालिका-३१ बस्ने ३८ वरषीय प्रभात मल्ल रहेका छन्।

मल्ल हतियार खरिद गर्ने, गुरुङ पेस्तोल लुटपाटमा संलग्न र अन्य तीन भने पेस्तोल खरिद-बिक्रीमा संलग्न व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले उनीहरूलाई पेस्तोल एक थान, म्यागजिन एक थान र १५ थान गोलीसहित बिहीबार पक्राउ गरेको हो। उनीहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077