Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

शनिवार , कार्तिक १५, २०८२

मनाङ। मनाङको ङिस्याङ गाउँपालिका-९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।

शसस्त्र प्रहरी बलका सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यसअघि २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा २ चिनियाँ र ११ नेपाली गरि १३ जना मात्र रहेको फेला परेको छ।

उनीहरु अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि हिजो कार्तिक १४ गते त्यस तर्फ गएको थियो।

सुरक्षा फौजले शनिबार बिहान ११ नेपालिलाई चामेतर्फ ल्याउँदै गरेको छ।

चिनियाँ नागरिक भने मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेसक्याममा नै बसेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077