Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वमन्त्री आलम आईसीयूमा

पूर्वमन्त्री आलम आईसीयूमा

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

मिर्गौलामा संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जनाइएको छ ।

उनी लामो समयदेखि मिर्गौलाको डायलासिसमा छन् । उनले विगतमा रौतहटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए ।

केही समय उनले वन तथा वातावरण र श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077