Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा, अख्तियारमा शेखर खनाल

प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा, अख्तियारमा शेखर खनाल

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन्।

बढुवा भएका डीआईजीको जिम्मेवारी पनि तोकिएको छ।

यसअनुसार खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको, अधिकारीलाई उपत्यका प्रहरी कार्यालयको, भट्टराईलाई अपराध अनुसन्धान विभागको र शेखर खनाललाई अख्तियारको जिम्मेवारी दिइएको छ । यस्तैलाई काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।

उनीहरूलाई यहि कात्तिक ९ गते  बढुवाका लागि सिफारिस गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077