Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनआईसी एसिया बैंकको सीईओमा शाक्य नियुक्त

एनआईसी एसिया बैंकको सीईओमा शाक्य नियुक्त

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजितकुमार शाक्य नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको आज सोमबार बसेको बैठकले सीईओमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

उनको कार्यकाल ४ वर्षको हुनेछ।

अब शाक्यले ३० दिनभित्र एनआईसी एसिया बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने छन्।

तीन दशक लामो अनुभव भएका शाक्य हाल नबिल बैंकको वरिष्ठ डेपुटी सीईओ हुन् । यसअघि उनी ग्लोबल आईएमई बैंक, जनता बैंक, सिभिल बैंक लगायतमा काम गरेको अनुभव छ ।

यसअघि गत असोजमा रोशनकुमार न्यौपानेले एनआईसी एसियाबाट राजीनामा दिएपछि सीईओ पद रिक्त थियो।

हाल बैंकको कामु सीईओ जिम्मेवारी सन्तोषकुमार राठीलाई दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077