Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नक्कली फेसबुक पेज बनाएर ठगी गर्ने आमा–छोरी पक्राउ

नक्कली फेसबुक पेज बनाएर ठगी गर्ने आमा–छोरी पक्राउ

सोमवार , कार्तिक १७, २०८२

मोरङ । अनलाइनमार्फत विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा मोरङ प्रहरीले आमा–छोरीलाई पक्राउ गरेको छ।

जिल्ला अदालत मोरङको नक्कली फेसबुक पेज बनाएर जागिर लगाइदिने प्रलोभन देखाई रकम असुल्ने तथा किनमेलमा नक्कली चेक प्रयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका घर भई हाल विराटनगर महानगरपालिका–५ मा डेरा गरी बस्ने ५० वर्षीया पुनम देवी साह र उनकी २७ वर्षीया छोरी कोमल कुमारी साह रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले जिल्ला अदालत मोरङको नक्कली फेसबुक पेज सञ्चालन गरी विभिन्न पदमा भर्ना खुलेको भन्दै भ्रामक विज्ञापन प्रसारित गर्थे। उक्त पेजमार्फत जागिरका खोजीमा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै आवेदनका नाममा ई–सेवामार्फत रकम असुल्ने गरेको अनुसन्धानबाट खुलेको छ।

त्यसैगरी, उनीहरूले किनमेल गर्ने बहानामा स्थानीय पसलहरूमा आधा रकम नगद तिर्ने र बाँकीका लागि सटही नहुने चेक दिएर ठगी गर्नेगरेको समेत पाइएको प्रहरीको भनाइ छ।

मोरङ प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077