Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जाँचबुझ आयोगले लियो रास्वपा सभापति रवि लामिछानेसँग बयान

जाँचबुझ आयोगले लियो रास्वपा सभापति रवि लामिछानेसँग बयान

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिएको छ।  

लामिछानेलाई बुधबार नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यालयमा ल्याएर बयान लिएको हो।

जेनजी आन्दोलनका क्रममा नख्खु कारागार बाहिर निस्कनुपर्ने परिस्थितिका बारेमा आयोगले लामिछानेसँग सोधपुछ गरेको बुझिएको छ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछाने जनेजी आन्दोलनका क्रममा भदौ २४ गते असुरक्षाका कारण देखाउँदै कारागारबाट बाहिर निस्केका थिए। तर लामिछानेले कारागार प्रशासनले नै पत्र दिएर आफूलाई घर पठाएको दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077