Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मुख्यसचिव अर्यालले डोल्मालाई करछुट दिने सरकारको निर्णय रोके

मुख्यसचिव अर्यालले डोल्मालाई करछुट दिने सरकारको निर्णय रोके

बुधवार , कार्तिक १९, २०८२

काठमाडौँ । सरकारले कानुनविपरीत ‘डोल्मा इम्प्याक्ट फन्ड’लाई आयकर छुट दिने निर्णय गरेको विषयमा तीव्र आलोचना बढेपछि मुख्यसचिव एकनारायण अर्यालले उक्त निर्णय प्रमाणित नगरी रोकिदिएका छन् ।

गत कात्तिक १२ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेक श्रेष्ठहरूले सञ्चालन गरेको निदान अस्पताललगायत करिब एक दर्जन कम्पनीमा लगानी गर्ने डोल्मा इम्प्याक्ट फन्डलाई करछुट दिने निर्णय गरेको थियो । तर मुख्यसचिव अर्यालले उक्त निर्णय प्रमाणित नगरी रोकिदिएका हुन् ।

यो प्रस्ताव अर्थमन्त्री रामेश्वर खनालले नै मन्त्रिपरिषदमा पेस गरेका थिए । अघिल्लो सरकारले समेत कानुनी जटिलता र विवादका कारण डोल्मालाई करछुट दिने निर्णय अघि बढाउन सकेको थिएन, तर जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले उक्त प्रस्ताव स्वीकृत गरेपछि निर्णयले चौतर्फी आलोचना खेप्नुपरेको थियो ।

प्रशासनिक प्रक्रियाअनुसार, मन्त्रिपरिषदका निर्णयहरू मुख्यसचिवको प्रमाणिकरणपछि मात्र कार्यान्वयन योग्य हुने प्रावधान छ। तर मुख्यसचिव अर्यालले प्रमाणित नगरेकाले डोल्माको करछुट सम्बन्धी निर्णय हालका लागि रोकिएको स्रोत बताउँछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077