Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

संवैधानिक परिषदसम्बन्धी अध्यादेश आउँदै, मुख्यसचिव अर्याललाई प्रमुख निर्वाचन आयुक्त बनाउने तयारी

संवैधानिक परिषदसम्बन्धी अध्यादेश आउँदै, मुख्यसचिव अर्याललाई प्रमुख निर्वाचन आयुक्त बनाउने तयारी

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । संवैधानिक परिषद सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष पुगिसकेको छ । मुख्यसचिव एकनारायण अर्यालले अवकाशको मुखमा कानुन मन्त्रालयमार्फत् ऐन संशोधनको ड्राफ्ट बनाउन लगाएका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीलाई विश्वासमा लिएर ड्राफ्ट गरिएको उक्त मन्त्रिपरिषद हुँदै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमाणीकरणका लागि पुगेको हो ।

निर्वाचन आयोगले हाल बहाल रहेका पदाधिकारीबाट फागुन २१ को निर्वाचन गर्न संभव रहेको सुझाव दिइरहेको बेला अर्यालकै जोडबलमा अध्यादेश ल्याउन लागिएको हो ।

मंसिर १० गतेबाट अवकाश हुन लागेका अर्यालले प्रमुख निर्वाचन आयुक्त नियुक्त हुनकै लागि अध्यादेश ल्याएको उच्च स्रोतको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि एक आयुक्त पद मंसिर २० मा रिक्त हुँदैछ ।

आयोगका आयुक्त किशोर सिलवाल ६५ बर्ष उमेरहदका कारण बिदा हुँदैछन् । अध्यादेशमा संसदीय सुनुवाइ गर्नुनपर्ने र संबैधानिक परिषदमा बहुमतबाट निर्णय लिन सकिने प्रावधान राखिएको छ ।

अध्यादेश प्रमाणीकरण हुनेबित्तिकै संवैधानिक परिषदको बैठक बोलाउने तयारी छ । लामो समयदेखि निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्त इश्वरीप्रसाद पौडेलको अवधि सकिएपछि दुवै पद रिक्त छ ।

हाल संसद नरहेका कारण संसदीय समिति समेत नभएको अवस्थामा चुनाव गर्न बनेको अन्तरिम सरकारले दीर्घकालीन महत्व राख्ने अध्यादेश ल्याउन लागेको छ ।

केही बिशेष ऐन सम्बन्धी अध्यादेश पनि जारी गरेर यसअघि केपी शर्मा ओलीले २०७४ मा प्रधानमन्त्री कार्यालयमातहत ल्याएको राष्ट्रिय अनुसन्धान बिभागलाई गृहमन्त्रालय अन्तर्गत ल्याउन लागिएको छ ।

त्यसैगरी, राजस्व अनुसन्धान बिभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागलाई अर्थ मन्त्रालय अन्तर्गत ल्याइसकिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077