Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बिरामी भन्दै हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै मुख्यमन्त्रीलाई शपथ खुवाएपछि विवाद

बिरामी भन्दै हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै मुख्यमन्त्रीलाई शपथ खुवाएपछि विवाद

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि गम्भीर आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भण्डारीले मधेस प्रदेशको जनतासँग विश्वासघात गर्दै प्रदेशको अस्मितालाई ‘सिन्धुलीको एक होटलमै समाप्त पारेको’ दाबी गरेका हुन् ।

स्वास्थ्य उपचारका लागि काठमाडौं हिँडेकी भनिएकी प्रदेश प्रमुख भण्डारीले सोमबार बिचबाटोमा नै नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ गराएकी थिइन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेशसभाको ठूला दलका नेताका हैसियतमा नयाँ मुख्यमन्त्री बनेका हुन् ।

यस घटनापछि असन्तुष्टि व्यक्त गर्दै सोनलले सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'मधेस प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुख भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् । एक त महिला, अर्को स्वास्थ्यको कुरा गरिन् — तर त्यही बहानामा उनले लोकतान्त्रिक अभ्यासमाथि प्रहार गरिन् ।'

विश्वासको मत नपाएपछि केही दिनअघि मात्रै सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, उनले प्रदेश प्रमुखले अस्वस्थताको बहाना बनाई राजधानी हिँडेको र बिचमै रोकिने गरी राजनीतिक चलखेल गरेको आरोप लगाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077