काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग विस्तृत जानकारी लिएकी छन्।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा आयोगले हालसम्मका तयारी, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्तामा देखिएका समस्या समाधानका प्रयासबारे चासो व्यक्त गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाइन्।
प्रवक्ता भट्टराईका अनुसार आयोगले निर्वाचनका सम्पूर्ण तयारीलाई तीव्र गतिमा अघि बढाइरहेको छ।