Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आईजीपी खापुङसँगै दुई डिआइजीको अवकाश

आईजीपी खापुङसँगै दुई डिआइजीको अवकाश

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । आईजीपी चन्द्रकुबेर खापुङसहित नेपाल प्रहरीका दुई डिआइजीको पनि बिदाई भएको छ ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुभकामना सहित हार्दिक बिदाइ गरेका हुन्।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरी संगठनको महानिरीक्षकको रूपमा देश र जनताको सुरक्षाको जिम्मेवारी बहन गर्ने अवसर पाउनु आफ्नो जीवनको सर्वश्रेष्ठ सम्मान भएको चर्चा गर्दै आफ्नो छोटो नेतृत्व कालमा सामना गर्नुपरेको राजनीतिक परिवर्तनको परिवेशमा नेपाल प्रहरीको अस्तित्व जोगाई प्रहरीको मनोबल उकास्दै सांगठनिक मूल्यमान्यता, भाईचारा र अपनत्वभाव कायम गर्न हरसम्भव कोसिस गरेको बताए ।

संगठनलाई भौतिक रूपले सम्पन्न र भावनात्मक हिसाबले अझै एक ढिक्का बनाई राख्न नवनियुक्त प्रहरी महानिरीक्षक र संगठनका हरेक सदस्यहरूले विशेष भूमिका खेल्नुपर्ने उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077