Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निकोलसको कुरा सय प्रतिशत हावा भन्दै शिक्षामन्त्रीको प्रश्न - ३६ करोड सालका रुख कहाँ बेच्ने ?

निकोलसको कुरा सय प्रतिशत हावा भन्दै शिक्षामन्त्रीको प्रश्न - ३६ करोड सालका रुख कहाँ बेच्ने ?

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले निकोलस भुसालप्रति व्यंग्य गरेका छन् । भुसालले हरेक नेपालीलाई १२ वटा सालका रुख बाँडिदिने प्रस्ताव सार्वजनिक गरेपछि मन्त्री पुनले उक्त विचारलाई “सय प्रतिशत हावा कुरा” भन्दै प्रश्न गरेका हुन् ।

भुसालले सामाजिक सञ्जालमार्फत ‘हरेक नेपालीलाई १२ वटा सालका रुख वितरण गरेर सबैलाई करोडपति बनाउने योजना’ प्रस्तुत गरेपछि मन्त्री पुनले व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया जनाउँदै लेखेका छन्— 'ए ! बल्ल थाहा भयो निकोलस भाईले कसरी हरेक नेपालीलाई एक करोडपति बनाउने रहेछन् भन्ने कुरा—हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिने रे ।'

उनले थप लेखेका छन्, 'त्यसो गर्दा नेपालको पर्यावरण के हुन्छ रु ३६ करोड सालका रुख कहाँ बेच्ने रु १०० प्रतिशत हावा कुरा कसले पत्याउँछ ?'

निकोलस भुसालले यसअघि ‘हरित सम्पदा’ अवधारणा अघि सारेका थिए, जसअन्तर्गत वन व्यवसायलाई व्यक्तिगत सम्पत्तिसँग जोड्ने प्रस्ताव गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077