काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीपरिषद्का १० जना सदस्यले शुक्रबार आ–आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार सम्पत्ति विवरण बुझाउने मन्त्रीहरूमा प्रधानमन्त्री कार्की स्वयंका अलावा परराष्ट्र, रक्षा, खानेपानी तथा महिला–बालबालिका, वन तथा वातावरण, संस्कृति–पर्यटन–नागरिक उड्डयन, श्रम–रोजगार–सामाजिक सुरक्षा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा–जलस्रोत–सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङ पनि छन् ।
यस्तै गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग–वाणिज्य–आपूर्ति, कानुन–न्याय–संसदीय मामिला, भूमि व्यवस्था–सहकारी–गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, शिक्षा–विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सम्पत्ति विवरण पनि प्राप्त भएको कार्यालयले जनाएको छ ।