Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ज्योति मगरको व्यंग्य - गगन र योगेश जीले मिलेर अर्को पाटी खोल्दा कसो होला ?

ज्योति मगरको व्यंग्य - गगन र योगेश जीले मिलेर अर्को पाटी खोल्दा कसो होला ?

शनिवार , कार्तिक २९, २०८२

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगरले गगन थापा र योगेश भट्टराईप्रति व्यंग्य गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत ज्योतिले गगन र योगेशले मिलेर अर्को पार्टी खोल्दा कसो होला भन्दै व्यंग्य गरेकी हुन् । उनले अध्यक्ष गगन थापा, महासचिव योगेश भट्टराई बाँकी पदाधिकारी थप्दै जाउँ भन्दै व्यंग्य गरिन् ।

उनले लेखेकी छन्, 'यी पढे–लेखेका मूर्खहरू देशको चिन्ताभन्दा पार्टीको अध्यक्षतामा देउवा र ओली भाकोमा बढी चिन्ता गर्छन् ।'

त्यसअघि, उनले एउटा कार्यक्रममा गगन थापा, योगेश भट्टराई र रामकुमारी झाँक्रीले आफूहरू ‘एमसीसीवादी’ भनेर हाँस्दै गरेको प्रसंग स्मरण गर्दै नेताहरूलाई न कांग्रेसवादी, न एमालेवादी, न जनवादी, न राजावादी भन्दै टिप्पणी गरिन् ।

राजनीतिक धारणा र अवसरअनुसार रूप बदल्नेले आफूलाई ‘औसरवादी’ लाग्ने उल्लेख गर्दै उनले थपिन्, 'छुचो मुख छ फेरि गाली खाइने हो...'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077