Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फ्लडलाइटको उज्यालोसँगै खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ : उर्जामन्त्री घिसिङ

फ्लडलाइटको उज्यालोसँगै खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ : उर्जामन्त्री घिसिङ

सोमवार , मंसिर १, २०८२

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशाला अब उज्यालो मात्र नभई नेपालको खेलकुदको भविष्य नै चम्किएको बताएका छन् ।

आइतबार शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत पहिलो चरणमा निर्मित प्यारापेट र अत्याधुनिक फ्लडलाइट राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

फ्लडलाइट परीक्षणसँगै कीर्तिपुर रङ्गशाला रातमा नै आन्तरिक तथा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सक्षम बनेको छ । यसले वर्षौंदेखि कल्पना मात्र बनेर बसेको पूर्ण सुविधा सम्पन्न क्रिकेट मैदानको सपना अब वास्तविकतामा रुपान्तरण हुँदैछ।

उर्जामन्त्री घिसिङले रङ्गशालाको उज्यालोलाई नेपालको खेलकुदको उज्यालोसँग जोड्दै यस्तो प्रतिक्रिया दिए—
'फ्लडलाइटको उज्यालोसँगै केवल रंगशाला मात्र चम्किएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ । खेलकुदले युवालाई अनुशासित बनाउने, देशलाई एकतामा बाँध्ने र आर्थिक–अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने शक्ति राख्छ।'

सरकारले कीर्तिपुर क्रिकेट रङ्गशालालाई तीन वर्षभित्र पूर्ण रूपमा अन्तर्राष्ट्रियस्तरको सुविधासहित निर्माण गर्ने लक्ष्य लिएको छ। मन्त्रिपरिषद्ले गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँ बजेट पनि सुनिश्चित गरिसकेको छ ।

'परियोजना पूरा भएपछि नेपालसँग हुनेछ— आधुनिक ड्रेसिङ रुम, अभ्यास नेट, भिआइपी स्ट्यान्ड, डिजिटल स्कोरबोर्ड, अत्याधुनिक पिच तथा २४ घन्टा सञ्चालनयोग्य फ्लडलाइटसहितको भव्य अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला,' उनले लेखेका छन् ।

प्रथम चरणको सफलतामा योगदान गरेका आयोजना व्यवस्थापन टीम, परामर्शदाता, निर्माण व्यवसायी तथा सबै सरोकारवालाप्रति मन्त्री घिसिङले आभार प्रकट गरे।

सोमबारबाट सुरु हुँदै गरेको नेपाल प्रिमियर लिगका सबै खेलाडी, टिम र दर्शकलाई उनले शुभकामना दिँदै भने—
'आशा छ, कीर्तिपुरको यो उज्यालो मैदानबाट नेपाल क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077