Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदीमा बस दुर्घटना हुँदा ४२ भारतीय तीर्थयात्रीको जलेर मृत्यु

साउदीमा बस दुर्घटना हुँदा ४२ भारतीय तीर्थयात्रीको जलेर मृत्यु

सोमवार , मंसिर १, २०८२

एजेन्सी । साउदी अरबमा बस दुर्घटना हुँदा ४२ जना भारतीय तीर्थयात्रीहरूको मृत्यु भएको छ ।

सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो । स्थानीय सञ्चारमाध्यमहरु जनाएको छ ।

इस्लाम धर्मावलम्बीहरुको प्रमुख तीर्थस्थल मदिना भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा कम्तिमा ४२ जनाको मृत्यु भएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ।

बस डिजेल ट्यांकरसँग ठोक्किएपछि बसमा आगो लागेको थियो। बस ठोक्किएपछि आगो लागेको र अधिकांशको जलेर मृत्यु भएको प्रारम्भिक रिपोर्टहरूमा दाबी गरिएको छ । जसअनुसार, मृत्यु हुने सबै भारतीय हुन्। उनीहरूमध्ये धेरैजसो यात्रु हैदराबादबाट तीर्थयात्रा जाँदै थिए।

यो दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै भारतीय समयअनुसार राति करिब १:३० बजे भएको थियो। त्यस समयमा धेरै यात्रुहरू सुतिरहेका थिए, जसले गर्दा ठोक्किएपछि बसमा आगो लाग्दा मानवीय क्षति भएको जनाइएको छ ।

घटनाप्रति भारतका विदेश मन्त्री एस जयशंकरले दु ख व्यक्त गरेका छन् । उनले रियादस्थित भारतीय दूतावास र जेद्दास्थित महावाणिज्य दूतावासले पीडित र उनीहरूका परिवारलाई पूर्ण सहयोग गरिरहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077