काठमाडौं । हज र उमराहको लागि खाडी राष्ट्र साउदी अरेबिया गएका ३६ नेपाली रोकिएका छन् ।
अमेरिकारइजरायल र इरानबीचको युद्ध मध्यपूर्व तथा खाडी क्षेत्रमा फैलिएपछि हजयात्रामा गएका ३६ नेपाली उतै रोकिन बाध्य भएका हुन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले हज र उमराह गर्न गएका ३६ नेपाली साउदी अरेबिया रोकिएको बताए । उनीहरु फर्किने क्रममा अड्किएका हुन् ।
रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट उमराहको लागि उनीहरू साउदी अरब गएका थिए । मदिनाबाट सारजहा हुँदै आज काठमाडौं फर्कने उनीहरूको हवाई टिकट रहेको थियो ।
उनीहरू आउने भनिएको विमानको उडान रद्द गरिएको छ ।