Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अब जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरिने

अब जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरिने

सोमवार , मंसिर १, २०८२

काठमाडौं । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसम, प्राविधिक समस्या वा अन्य कारणले जहाज अवतरण गर्न नसक्ने अवस्था आएमा अब भारतका विमानस्थलमा जहाज डाइभर्ट गर्ने अभ्यास बन्द गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक अवतरण स्थलका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

निगमका अनुसार यो निर्णय फागुन ३ गतेदेखि लागू हुनेछ । विगतमा जहाज काठमाडौँ अवतरण गर्न नसक्दा लखनउ, पटना जस्ता भारतीय विमानस्थलमा डाइभर्ट हुनुपर्ने बाध्यता थियो ।

अबको निर्णयले निगमको सञ्चालन खर्चमा कटौती मात्र नभई यात्रुहरूको समय र सुविधामा पनि सुधार ल्याउने अपेक्षा गरिएको छ ।

साथै, यो कदमले भैरहवास्थित विमानस्थलको पूर्ण क्षमता प्रयोग गर्न सहयोग पुग्ने निगमको विश्वास रहेको छ। र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत वैकल्पिक विमानस्थलको रूपमा प्रयोग गर्न आवश्यक अध्ययन प्रक्रिया सुरू गर्ने निर्णय पनि बैठकले गरेको छ।

584321281_26895047450084528_1497826078309928870_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077