Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल वायुसेवा निगमद्वारा आज र भोलिका दोहा उडान रद्द

नेपाल वायुसेवा निगमद्वारा आज र भोलिका दोहा उडान रद्द

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलका लागि तय गरिएका आज र भोलिका सबै उडान पूर्ण रूपमा रद्द गरेको छ।

मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थिति तथा हवाई क्षेत्र बन्द भएका कारण पछिल्लो समय निगमले दोहा उडान रद्द गर्दै आएको छ।

सोही सिलसिलामा बिहीबार र शुक्रबारका उडान रद्द गरिएको निगमले जनाएको छ।

निगमले दुबई, दोहा र दमाम गन्तव्यका आगामी उडानबारे यात्रा गर्नुअघि आधिकारिक सूचना अनिवार्य रूपमा जाँच गर्न यात्रुहरूलाई आग्रह गरेको छ। तोकिएको सम्पर्क नम्बर वा निगमको आधिकारिक माध्यमबाट पुष्टि गरेर मात्र विमानस्थलतर्फ प्रस्थान गर्न अनुरोध गरिएको छ।

थप जानकारीका लागि निगमको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रूपमा अवलोकन गर्न र अत्यावश्यक सोधपुछका लागि ९८५१२७३४५९ र ९८५१४२२१५६ मा सम्पर्क गर्न निगमले अनुरोध गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077