Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । मुग्लिन–पोखरा राजमार्ग भएर पोखरा आउने र पोखराबाट सोही मार्ग हुँदै बाहिरिने सडक खण्ड दैनिक चार घण्टा बन्द गरिने भएको छ ।

मुग्लिन–पोखरा राजमार्ग अन्तर्गत सुधार योजना अन्तर्गतको पश्चिम खण्डमा १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो ।

सासेक मुग्लिन पोखरा राजमार्ग सुधार चरण एक योजना अन्तर्गत मङ्सिर २ गतेदेखि ११ गतेसम्म दैनिक बिहान छ बजेदेखि आठ बजेसम्म र मध्याह्न १२ बजेदेखि दुई बजेसम्म पूर्ण तथा आवश्यकताका आधारमा आंशिक रूपमा सडक बन्द हुने छ।

योजना प्रमुख कृष्ण बहादुर कुँवरका अनुसार मुग्लिन(पोखरा सडक खण्ड अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077