Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ ।

पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना सर्वसाधारणलाई देखाउने परम्परा रहि आएकाले प्रदर्शन गरिन लागिएको हो ।

आज बिहान १०ः०० देखि ११ः३० बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाउन लागिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

त्यसैगरी, मार्गशीर्ष कृष्ण आमावास्याका दिन मंसिर ४ गते बिहीबार बिहान ९ः०० देखि ११ः४५ बजेसम्म पनि सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाइने उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077