Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिमरा घटनाले दुवैलाई अप्ठेरोमा पार्न सक्छ, निर्वाचनको वातावरण नबिगारौँ : शेखर कोइराला

सिमरा घटनाले दुवैलाई अप्ठेरोमा पार्न सक्छ, निर्वाचनको वातावरण नबिगारौँ : शेखर कोइराला

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न सम्बन्धित सबै पक्षलाई अपिल गरेका छन् ।

बुधबार सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो । उक्त घटनाबारे आफ्नो धारणा सामाजिक सञ्जाल फेसबुकमा राख्दै उनले यस्तो अपिल गरेका हुन् ।

बुधबार बाराको सिमरामा भएजस्तो घटनाले सम्बन्धित दुवै पक्षलाई अप्ठेरोमा पार्ने भएकाले संयमित बन्न उनले आग्रह गरे । उ

नले लेखेका छन्, 'संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो । हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन्। संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077