Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा अनेरास्ववियुको मसाल जुलुस

काठमाडौंमा अनेरास्ववियुको मसाल जुलुस

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राजनीतिक गतिविधिमा अवरोध गरिएको आरोप लगाउँदै बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले मीनभवन क्याम्पस बाहिरबाट जुलुस सुरु गर्दै सरकारको हालको भूमिका विरुद्ध नारा जुलुससहित प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका अनुसार सरकारले विभिन्न स्थानमा एमालेका राजनीतिक कार्यक्रमलाई रोक्ने प्रयास गरेको छ, जसले सर्वसाधारण नागरिकको स्वतन्त्र राजनीतिक अधिकारमा हस्तक्षेप भएको दाबी गरिएको छ।

विद्यार्थीहरूले राजनीतिक गतिविधिमा निरन्तर निषेध जारी रहे कडा प्रतिकारमा उत्रने चेतावनी पनि दिएका छन् ।

जुलुसमा सहभागी विद्यार्थीहरूले सरकारले सुरक्षा सुनिश्चित गर्न असफल भएको आरोप लगाएको छ । यस्तो अवस्थामा “सरकारले निर्वाचनको नाटक गरिरहेको अनेरास्ववियुको आरोप छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077