Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले सचिवालय बैठकमा ईश्वर पोखरेलको घोषणा – म अध्यक्षको उम्मेदवार हुँ

एमाले सचिवालय बैठकमा ईश्वर पोखरेलको घोषणा – म अध्यक्षको उम्मेदवार हुँ

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आगामी ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताएका हुन् ।

स्रोतका अनुसार पोखरेलले हालको नेतृत्वबाट पार्टी चल्न नसक्ने दाबी गर्दै ओलीको बोली–व्यवहार ‘नेताको जस्तो नदेखिन थालेको’ टिप्पणी गरे ।

पोखरेलले पार्टीभित्र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धा अनिवार्य रहेको उल्लेख गर्दै आफू पछि नहट्ने स्पष्ट संकेत दिएका छन्।

पोखरेलले गरेको आलोचनापछि बैठकमै प्रतिक्रिया दिँदै अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा दावी–उम्मेदवारी प्रस्तुत गर्ने अधिकार सबैलाई खुला रहेको बताएका छन्।

एमालेको आसन्न महाधिवेशन नजिकिँदै गर्दा शीर्ष नेतृत्वमै देखिएको खुला प्रतिस्पर्धाले पार्टीभित्रको राजनीतिक वातावरण थप चर्किँदै गएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077