Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जग्गा दलालको सेटिङमा नापीका हाकिमको सरुवा, विवादास्पद पाण्डे कसरी आए भक्तपुर ?

जग्गा दलालको सेटिङमा नापीका हाकिमको सरुवा, विवादास्पद पाण्डे कसरी आए भक्तपुर ?

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कात्तिक २१ उपसचिव (प्रमुख नापी अधिकृत) को सरुवा गरेको छ ।

सरुवा भएका प्रमुख नापी अधिकृतहरुमध्ये काठमाडौं उपत्यकाका कार्यालयमा सरुवा गर्दा मापदण्ड मिचिएको आरोप मन्त्रालयका सचिव केदारनाथ शर्मामाथि लागेको छ ।

उपत्यकाका भक्तपुर, ललितपुर, कलंकी र चावहिल नापी कार्यालयमा गरिएको सरुवा विवादमा परेको छ । मन्त्रालयले आर्थिक लेनदेनका आधारमा सरुवा गरेको आरोप लागेको छ ।

काठमाडौं उपत्यकाका भक्तपुर नापी कार्यालयको प्रमुखमा पूर्णप्रसाद पाण्डे, ललितपुरमा अजित कुँवर, चावहिलमा संजय छत्कुली र कलंकीमा सुदिप श्रेष्ठको सरुवा भएको छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा आकर्षक भक्तपुर नापी कार्यालय मानिन्छ । पछिल्ला दिनमा सबैभन्दा बढी जग्गाको कारोबार भक्तपुरमा हुनेभएकाले भक्तपुरमा सरुवा हुनका लागि ठूलो आर्थिक चलखेल हुने गरेको छ ।

भक्तपुरमा सबैभन्दा कमजोर कार्यक्षमता भएका र डरपोक स्वभावका पूर्णप्रसाद पाण्डेलाई ल्याइएको छ । पाण्डे विवादित कर्मचारीका रुपमा पनि चिनिन्छन् । उनी भक्तपुर नापी कार्यालयमा ९ महिना निमित्त प्रमुख भइसकेका छन् ।

भूमिब्यवस्था मन्त्रालयले उपत्यकामा कार्यालय प्रमुख नभएका प्रमुख नापी अधिकृतलाई सरुवा गर्ने मापदण्ड बनाएको दाबी गर्र्दैआएको छ । तर भक्तपुरको ९ महिना प्रमुख भइसकेका पाण्डेलाई मापदण्डको उल्लंघन गर्दै सरुवा गरेको छ ।

नापी अधिकृत हुँदा भक्तपुरमा ३ बर्ष कार्यरत रहँदा नै पाण्डेले अकूत सम्पत्ति कमाएको आरोप छ । उनले सो समयमा भक्तपुरको बालकोटमा आलिशान बंगला बनाएका छन् ।

पाण्डेले नापी अधिकृत हुँदा नापी कार्यालय दाङमा २ बर्ष रजगज गरेका थिए । दाङपछि नापी कार्यालय भक्तपुरमा ३ बर्ष बसेका अकूत सम्पत्ति कमाउन सफल भए ।

उनी काठमाडौं उपत्यकाका नापी कार्यालयमा सरुवाको खेलोफड्को गर्नेमा अग्रपंक्तिमा पर्दछन् । भक्तपुरमा हुँदा जग्गा दलालहरुसँग मिलेर पाण्डे अकूत सम्पत्ति जोड्न सफल भएका थिए ।

उनी मन्त्री र सचिवको चाकरी गर्नमा पनि उत्तिकै सिपालु छन् । जुम्लाको सिंजामा नापी कार्यालय उद्घाटन गर्न पूर्व भूमिब्यवस्था मन्त्री बलराम अधिकारी जाँदा विशेष नापी कार्यालय पाल्पामा दरबन्दी भएका पाण्डे सँगै गएका थिए ।

पाल्पामा कार्यरत रहेका पाण्डे मन्त्री अधिकारीको चाकरी गर्नका लागि सवारी मन्त्रीजस्तो भएर जाँदा जुम्लाका कर्मचारीहरुलाई देख्नेलाई लाज जस्तै भएको थियो ।

पाल्पा दरबन्दी भएका उनी जुम्लाको कार्यालय उद्घाटनमा जानुको एकमात्र उद्देश्य सहसचिव, सचिव र मन्त्रीको चाकरी गर्नेमात्र रहेको थियो ।

पाल्पा विशेष नापी कार्यालयको प्रमुख हुँदा एउटा पनि पूर्जा श्रेस्तामा प्रमाणित गर्न नमान्ने प्रमुख नापी अधिकृत पाण्डे किन जुम्लामा कार्यालय उदघाटन गर्न जानुपर्यो रु उनी नेपालगंज नापी कार्यालयमा रहँदा २ बर्षको कार्यकालमा जम्मा एउटा पूर्जामा मात्र सही गरेका थिए भनी बाँके नापीका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए ।

नेपालगंज कार्यालय प्रमुख हुँदा नेपाल–भारत सर्भे टोली नम्बर ३ को प्रमुख भएर कार्यालय प्रमुख हुँदाहुँदै तहीकाज जान सफल भएका थिए । उनी तही काजमा जाँदा भूमिब्यवस्था मन्त्रालयमा गौतम थरका सचिव थिए ।

नेपालगंज बसाईले नपुगेर सरुवा अवधि नहुँदै पाण्डे नापी कार्यालय धुलिखेलमा ४ महिना काजमा बसेका थिए । नेपालीलाई भूटानी नागरिक बनाएर मानवतस्करी गर्ने भनेर चिनिएका तत्कालीन भूमिब्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई रिझाए पाण्डे कार्यालय प्रमुख हुँदाहुँदै अर्को जिल्लामा काजमा जान सफल भएका थिए ।

उनको अस्वभाविक चलखेल देखि वाक्क भएर नापी बिभागका तत्कालीन महानिर्देशक प्रकाश जोशीले भक्तपुर सरुवा हुनबाट रोकेका थिए ।

अहिले केही सीप नलागेपछि भक्तपुर कार्यालयमा रहँदा बिगतमा गलत छवि बनाएका तिनै पाण्डेले पूर्व चिनजानका भरमा र उनका सहयोगीका रुपमा चिनिएका नापी अधिकृत चन्द र जुम्ला घर भएका सर्भेक्षकलाई लाने सर्तमा भक्तपुरका विवादास्पद जग्गा दलाल रसाइली गु्रुपको मिलेमतो र जोडबलमा भूमि ब्यवस्था मन्त्रालयको एक समूहलाई ५० लाखको बिटो बुझाई भक्तपुर सरुवा हुन सफल भएका छन् ।

भूमिब्यवस्था मन्त्रालयका सचिव केदारनाथ शर्मालाई समेत उक्त समूहले गुमराहमा पारी पाण्डेलाई सरुवा गराउन सफल भएको छ ।

विवादित ७ सय रोपनी जग्गाको प्लटिङको काम गरिदिने सर्तमा पाण्डेलाई सरुवा गर्न सम्पूर्ण लगानी जग्गा ब्यवसायी रसाइली समूहले गरेको स्रोत बताउँछ ।

स्मरण रहोस्, यो काम गरेबापत मन्त्रालयका सहसचिव कोइरालालाई भूमिब्यवस्था बिभागको महानिर्देशक बनाउने चलखेल पनि यही जग्गा ब्यवसायीले गर्नेगरी सेटिङ मिलाइएको छ ।

नियमावलीबिपरीत षडयन्त्रमूलक भएको सरुवा खारेज गर्नुपर्ने भनी नापी बिभाग अन्तर्गतका पुराना र अनुभवी कर्मचारीहरुको माग छ । सरुवा गर्दा मापदण्डसमेत उल्लंघन भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077