काठमाडौं। नेकपा एमालेले युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ ।
काठमाडौंको माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमाण्डर घोषणा गरेका गरको हुन्।
केन्द्रीय कमाण्डरको प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ । उनी युवासंघका पूर्व उपाध्यक्ष पनि हुन् ।
फोर्समा सबै जिल्लामा सदस्य रहनेछन् । पार्टी सचिवालय बैठकको निर्णय अनुसार फोर्सको घोषणा गरिएको नेता ढकालले बताए । पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा फोर्सको घोषणा गरिएको हो ।
एमाले बागमती प्रदेश कमिटीका सदस्य श्रेष्ठ एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका विश्वासपात्र मानिन्छन् ।
भोलेन्टिएर फोर्स गठनका लागि एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले १५ दिनअघि गुण्डुमा भेला गरी पार्टीका महेश बस्नेतको संयोजकत्वमा कार्यदल बनाएका थिए।