Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

शिक्षामन्त्री महावीर पुनले किन गरे ‘मिस पवि ४’ फेसबुक पेजलाई रिपोर्ट ?

शिक्षामन्त्री महावीर पुनले किन गरे ‘मिस पवि ४’ फेसबुक पेजलाई रिपोर्ट ?

शनिवार , मंसिर ६, २०८२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूविरुद्ध भ्रामक सामग्री प्रकाशन गरेको आरोपमा ‘Miss Pabi 4’ नामक फेसबुक पेजविरुद्ध फेसबुक संचालन गर्ने मेटा कम्पनीमा रिपोर्ट गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै मन्त्री पुनले उक्त पेजले आफ्नो नाम जोडेर निरन्तर भ्रम फैलाइरहेको र गलत हल्ला मच्चाइरहेको आरोप लगाएका छन्।

उनले आफू कुनै पनि राजनीतिक दलमा संलग्न नभएको स्पष्ट पार्दै यस्तो खालको निराधार सामग्रीले जनमानसमा भ्रम फैलाउने बताएका छन्।

सावधान! Miss Pabi 4 भन्ने फेसबुक पेजलाई मैले रिपोर्ट गरेँ। अरू साथीहरू पनि सावधान हुनुहोस्,” उनले पोस्ट गर्दै भने, “यसरी जनता झुक्याउने फेसबुकेलाई रिपोर्ट गर्नु नै पर्छ, किनभने यिनले झुटो कुरा फैलाउँछन् र सबैलाई भाँड्ने काम गर्छन्। म कुनै पार्टीमा लाग्ने मान्छे होइन, तर Miss Pabi 4 ले भ्रम फैलाउँदै छ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077