Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

जनकपुरधाममा आज तिलकोत्सव, मटिहानीमा ‘मटकोर’को तयारी

जनकपुरधाममा आज तिलकोत्सव, मटिहानीमा ‘मटकोर’को तयारी

आइतवार , मंसिर ७, २०८२

जनकपुरधाम । जनकपुरधाममा जारी साताव्यापी रामजानकी विवाह महोत्सवको चौथो दिन आइतबार तिलकोत्सव विधि गरिँदैछ । तेस्रो दिन बिहीबार धनुषयज्ञ सम्पन्न भएसँगै चौथो दिन तिलकोत्सव हुने भएको हो ।

मार्ग शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी मंगलबार परेको छ । सातदिने महोत्सवमा बिहीबार नगर दर्शन, शुक्रबार फूलबारी लीला र शनिबार धनुषयज्ञ सम्पन्न भएको छ ।

तिलकोत्सव विधि गर्न दहीचिउरा, खिरपुरी, विभिन्न मिठाइ, फलफूल, लताकपडासहित जानकी मन्दिरबाट भार अर्थात् कोसेलीसँगै बाजागाजासहित साधुसन्त जनकपुरकै राम मन्दिरमा पुग्छन्।

विवाहअघि बेहुली पक्षले बेहुला अर्थात् वरलाई भार लिएर पुगि तिल्काउने अर्थात् टीकाटालो गर्ने विधि हुन्छ। तिलकोत्सवमा सम्धी मिलन पनि हुन्छ।

तिलकोत्सव हुँदै गर्दा पाँचौँ दिनको ‘मटकोर’को तयारी पनि थालिएको छ। महोत्तरीको मटिहानीमा मटकोरको तयारी थालिएको छ ।

जनकपुरधाममा साताव्यापी महोत्सव बिहीबार सुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077