Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल उपविजेता

दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल उपविजेता

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । श्रीलंकाको कोलम्बोमा भएको ‘पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट २०२५’ को उपाधि भारतले उचालेको छ ।

फाइनल खेलमा नेपाललाई पराजित गर्दै भारतले उपाधि उचालेको हो । नेपाललाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै भारतले उपाधि उचालेको छ।

श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो।

उपाधि चुमेको भारतीय टोलीले नेपालले दिएको लक्ष्य १२.१ ओभर ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा भेट्टाएको हो।

नेपालका लागि नटआउट रहेकी सरिता घिमिरेले सर्वाधिक ३५ रन बनाउँदा बिमला राईले २६ रनको योदान दिएकी थिइन् । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

विजेता भारतका लागि करुणा केले २७ बलमा ४२ रन बनाइन् । उपाधि जिताउने क्रममा फूला सरीनले पनि २७ बलमा ४४ रन बनाइन् ।

नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077