Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमालेकै मेयरले गरे एमालेकै वडाध्यक्ष बर्खास्त, पार्टी कार्यालयमा आगजनी गरेको आरोप

एमालेकै मेयरले गरे एमालेकै वडाध्यक्ष बर्खास्त, पार्टी कार्यालयमा आगजनी गरेको आरोप

सोमवार , मंसिर ८, २०८२

उदयपुर । उदयपुर चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले वडा नम्बर-७ का अध्यक्ष केशव अधिकारीलाई पदमुक्त गरेका छन् ।

जेनजी आन्दोलन क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा मेयर लामाले वडा अध्यक्ष अधिकारी पदमुक्त गरेका हुन् ।

अधिकारीलाई जेनजी आन्दोलनको क्रममा पार्टी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न आरोपमा एमालेले कारबाही गरेको थियो ।त्यसको केही समयअघि उनले एमाले छाडेको घोषणा गरेका थिए ।

मेयर र वडा अध्यक्ष दुवैजना एमालेबाट निर्वाचित हुन् ।

हाल मेयर लामाले वडा सदस्य बलराम मगरलाई कार्यवाहकको जिम्मेवारी तोकेका छन् ।

अधिकारी कार्यालयमा आएर काम नगरेपछि जनतालाई सेवा दिनका लागि कार्यवाहक तोकेको मेयर लामाले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077