Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा रक्षा सचिव सुमनराज अर्याल नियुक्त भएका छन्।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलबार राति १२ बजेबाट अनिवार्य अवकासमा जाने भएका छन्।

वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव रहेका अर्याल असोजमा राष्ट्रिय योजना आयोगबाट रक्षा मन्त्रालयमा सरुवा भएका थिए ।

अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका छन् ।

अर्याल अबको सातादेखि लागु हुनेगरी निजामती कर्मचारीको नेतृत्वमा रहनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077