Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेत्रहीन महिला टी–२० विश्वकप उपविजेता नेपाली टोलीलाई प्रधानमन्त्रीले दिइन् बधाई

नेत्रहीन महिला टी–२० विश्वकप उपविजेता नेपाली टोलीलाई प्रधानमन्त्रीले दिइन् बधाई

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेत्रहीन महिला टी–२० विश्वकपमा उपविजेता भएको टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर कार्कीले पहिलो नेत्रहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी हुन् ।

नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै कार्कीले नेपाली टोलीलाई अझै उत्तरोत्तर प्रगतिको कामना गरिन् ।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलंकामा भएको प्रतियोगितामा दोस्रो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077