Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनको दोस्रो जित, विराटनगर ४८ रनले पराजित

चितवनको दोस्रो जित, विराटनगर ४८ रनले पराजित

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । रञ्जित कुमारको घातक बलिङप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध ४८ रनको जित निकालेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो ।

विराटनगरलाई सस्तैमा समेट्न चितवनका रञ्जितले पाँच विकेट लिए । विराटनगरका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिशीले ३० रन बनाए । विराटनगरका रञ्जित कुमारले ५ विकेट लिए । यस्तै कमलसिंह ऐरीले २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनायो । चितवनका रवि बोपाराले ६५, देव खनालले २८ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले २र२ विकेट लिए ।

यो जीतसँगै चितवन तीन खेलमा ४ अङ्कसहित तेश्रो स्थानमा उक्लिएको छ । पहिलो हार व्यहोरेको विराटनगर तीन वटै खेल जितेर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ ।

चितवन तीन खेलमा २ अङ्क जोडेर पाँचौं स्थानमा छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल यही २७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077