Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अभिनेत्री साम्राज्ञीको इन्गेजमेन्ट विवादमा, पूर्वपत्नीले भनिन् - ‘बेड सेयर’ गरेको थाहा पाएपछि अलग भएँ

अभिनेत्री साम्राज्ञीको इन्गेजमेन्ट विवादमा, पूर्वपत्नीले भनिन् - ‘बेड सेयर’ गरेको थाहा पाएपछि अलग भएँ

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अमेरिकामा बस्दै आएका विशाल खरेलबीच हालै भएको इन्गेजमेन्ट अहिले चर्चामा छ ।

साम्राज्ञीले केही दिनअघि सामाजिक सञ्जालमा दुलहाको अनुहार नदेखिने गरी इन्गेजमेन्ट सार्वजनिक गरेकी थिइन् । तर, यतिबेला उनका हुनेवाला श्रीमान् पहिल्यै विवाहित थिए र एक बच्चाका बाबु हुन् भन्ने खुलेको हो ।

विशाल खरेलकी पूर्वपत्नी सरिताले सामाजिक सञ्जालमार्फत एक भिडियो पोस्ट गर्दै सो बारे खुलासा गरिन् । उनले दाबी गरे अनुसार साम्राज्ञीले विशाल विवाहित रहेको थाहा हुँदाहुँदै पनि उनलाई सम्बन्धमा ल्याइन् ।

उनका अनुसार, 'त्यो वुमनलाई थाहा थियो, हामी म्यारिड हो र बच्चा छ भन्ने। थाइल्यान्डमा म्यूजिक भिडियो सुटिङका बेला उनीहरूले चिट गरेको भेटेपछि मैले एक्सलाई सोधेँ, उसले ‘हो’ भनेर कन्फर्म गर्‍यो।'

सरिताले बताएकी छिन् कि यही प्रसंगपछि उनीहरू विभाजन (सेपरेट) भए र एक वर्षअघि औपचारिक डिभोर्स गर्न पुगे। हाल दुई वर्षको बच्चाको सम्पूर्ण जिम्मेवारी उनैले सम्हाल्दै आएकी छिन् ।

भिडियोमार्फत उनले ट्रोल नगर्न आग्रह गर्दै भनिन्— 'म अहिले मुभ अन भइसकेकी छु। कृपया मेरो र मेरो बच्चाको नाममा अनावश्यक अकाउन्ट खोलेर बदनाम नगर्नुहोस्। ती अकाउन्टहरू मैले चलाएकी होइन।'

थाइल्यान्डमा एक म्युजिक भिडियोको छायांकनका क्रममा साम्राज्ञी र विशालबीच नजिकिएको कुरा बाहिरिएको छ । यत्ति मात्र होइन, त्यही सुटिङकै समय उनीहरू ‘बेड शेयर’ गरेको’ कुरासमेत सरिताले खुलाएकी छिन् । तर यता अभिनेत्री साम्राज्ञीले भने आफूले कसैको परिवार नतोडेको दाबी गरेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077