Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीको गुनासो- नवीकरण गरिसकेको मेरो सदस्यता रोकियो तर विषम राजनीतिमा पार्टी अग्रगतिमा जानुपर्छ

पूर्वराष्ट्रपति भण्डारीको गुनासो- नवीकरण गरिसकेको मेरो सदस्यता रोकियो तर विषम राजनीतिमा पार्टी अग्रगतिमा जानुपर्छ

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवीकरण गरिसकेको आफ्‌नो पार्टी सदस्यता रोकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यउक्त गरेकी छिन् ।

एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा उनले आफूले २ वर्षअघि नै पार्टी सदस्यता नवीकरण गरेको तर नेतृत्वले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले आज बिहीबार बिहान आफ्नो फेसबुक पेजमार्फत ११औँ महाधिवेशनका लागि एमालेका सदस्यहरूलाई शुभकामना दिँदै आफू भने यसमा सहभागी हुनबाट वञ्चित भएको गुनासो गरेकी छिन् ।

उनले भनेकी छिन्- 'मैले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण म स्वयं यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु ।'

महाधिवेशनमा आफ्‌नो भौतिक उपस्थिति नभए पनि एमाले परिवारको अभिन्न सदस्यको हैसियतले आफ्नो साथ रहने उनले उल्लेख गरेकी छिन् । उनले विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास पनि व्यक्त गरेकी छिन् ।

एमालेको ११औँ महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदै छ । उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा गरिने एमालेले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077