कैलाली । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले सरकारले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न वातावरण बनाउनुपर्ने बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशले यही मंसिर १२ गते धनगढीमा आयोजना गर्न लागेको पार्टी एकता सन्देशसभाको तयारीबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा रावलले आन्दोलनमा खोसिएका बन्दुक, गोलीलगायत हातहतियार यथा समयमा फिर्ता गराउनुपर्ने बताए ।
नेपाली जनतालाई निर्धक्कसँग उनीहरुको पेशा, व्यवसाय, राजनितिलगायत कुरा शान्तिपूर्ण रूपमा नेपालको संविधानले दिएको हक अधिकार बमोजिम उपभोग गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
पार्टी एकतापछि विभिन्न सन्देश जनसमुदायसम्म पुर्याउन कार्यक्रम आयोजना गर्न लागिएको रावलको भनाइ छ ।