Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सफ्टवेयरमा गडबडीपछि एयरबसका ६ हजार जहाज ग्राउन्डेड

सफ्टवेयरमा गडबडीपछि एयरबसका ६ हजार जहाज ग्राउन्डेड

शनिवार , मंसिर १३, २०८२

एजेन्सी । विश्वका ६ हजार भन्दा बढी जहाजहरू अस्थायी रूपमा ग्राउन्डेड भएका छन् ।

युरोपेली विमान निर्माता कम्पनी एयरबसले ए३२० सिरिजका विमानको सफ्टवेयरमा समस्या देखिएकाले सबै विमानहरुमा त्यसको चेकजाँच गर्नू भनेपछि विश्वका विभिन्न एयरलाइन्सहरूको उडान अवरूद्ध भएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत अक्टोबर ३० मा मेक्सिकोको क्यानकुनबाट न्यू जर्सी उडेको जेटब्लु अचानक उचाई गुमाउँदै तीव्र गतिमा तल खसेको थियो। घटनामा केही यात्रु घाइते समेत भएका थिए।

सोही विमानको प्राविधिक जाँचबुझ क्रममा सफ्टवेयरमा गडबढी भएको फेला परेपछि एयरबसले सबै विमानहरूमा चेकजाँच गर्न भनेको रोयटर्सले जनाएको छ।

यसले एयरबसका विश्वभर सञ्चालनमा रहेका ए३२० सिरिजका आधाभन्दा बढी विमान प्रभावित भएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077