Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डिजेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो, पेट्रोलको के भयो ?

डिजेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो, पेट्रोलको के भयो ?

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने तथा हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।

यस्तै, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौंको लागि प्रति किलोलिटर ४२ अमेरिकी डलरले मूल्य बढाइएको छ।

निगमले पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ।

noc-1764513036.JPG

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077