Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चन्द्रागिरि केबलकार आजबाट पुनः सञ्चालनमा

चन्द्रागिरि केबलकार आजबाट पुनः सञ्चालनमा

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । लामो समय बन्द रहेको चन्द्रागिरि केबलकार आजबाट सञ्चालनमा आएको छ । केबलकारको मर्मत गरिएपछि मंसिर १५ गते सोमबारबाट केबलकार पुनः सञ्चालनमा आएको  हो । गत भदौ २३ र २४ गते देशभर भएको जेनजीको विरोध प्रदर्शनका क्रममा चन्द्रागिरि हिल्सको केबलकारमा पनि आगजनी र तोडफोड भएको थियो । प्रदर्शनकारीले केबुलकारको तार, गोन्डला सहित बेस स्टेसनमा आगजनी र तोडफोड गरी क्षति पुराएका थिए । त्यसपछि सुरुमा मर्मत गरेर कात्तिक २० गतेबाट सञ्चालन थालिएको थियो । तर पुनः सञ्चालनमा आएको दुई दिनमै केबलकारमा थप समस्या देखिएपछि सुरक्षाको कारण सेवा पुनः बन्द गरेर केबलकारका सम्पूर्ण तार फेरिएको थियो । केबलकार सञ्चालनमा आएसँगै अब भालेश्वर महादेवको मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्ट पनि सुचारु गरिएको कम्पनीले जनाएको छ । आज केबलकारको टिकटमा २५ प्रतिशतले छुट दिने कम्पनीले जनाएको छ । केबलकार बिहान ८ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077