Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बनेपाको विवाद समाधान, साँगा–धुलिखेल सडक निर्माण अब तिव्र गतिमा अघि बढ्ने

बनेपाको विवाद समाधान, साँगा–धुलिखेल सडक निर्माण अब तिव्र गतिमा अघि बढ्ने

सोमवार , मंसिर १५, २०८२

काभ्रेपलाञ्चोक । विवादका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत बनेपा तीनदोबाटोदेखि पुलबजारसम्मको सडक विस्तारको काम अब सुरु हुने भएको छ ।
उक्त सडकखण्डमा देखिएको विवाद समाधान भएसँगै सडक विस्तारको काम अगाडि बढ्ने भएको हो ।

डिजिटल नापी नक्सालाई आधार बनाएर सडक सिमाना कायम गरी रेखांकन गर्ने सहमति भएपछि रोकिएको काम सञ्चालन हुने भएको हो ।

पटक–पटक सडक डिजाइन, सर्भिस लेन, पुलको उचाइ तथा केन्द्र भाग पहिचानबारे सुधारको सुझाव दिए पनि आयोजनाले अवहेलना गर्दै निर्माण अघि बढाउन खोजेको भन्दै स्थानीयले काममै अवरोध गरेका थिए ।

विवाद गहिरिँदै जाँदा सडक विस्तारसम्बन्धी काम झन्डै एक वर्षदेखि अवरुद्ध थियो ।आइतबार नगरपालिकामा पीडित पक्ष, सडक निर्माण कम्पनी र नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतबीच काम सञ्चालन गर्ने सहमति भएको छ ।

अब कामले निरन्तरता पाउने बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बताए ।

कार्यक्रममा सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतो, बनेपा नगर प्रमुख शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, प्रशासनिक प्रमुख पोषण लामिछाने, विभिन्न वडाध्यक्ष, स्थानीय सरोकारवाला, काभ्रे उद्योग वाणिज्य संघका पदाधिकारी, नापी कार्यालयका जयराम तामाङ तथा निर्माण कम्पनीका इञ्जिनियर लगायत सहभागी थिए ।

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म पहिलो खण्ड साँगा–धुलिखेल आठ किलोमिटर सडक विस्तार गर्न चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा २०७९ मंसिर २७ गते सम्झौता भएको थियो ।

अहिलेसम्म ५० प्रतिशत पनि काम सम्पन्न नभएको साँगा–धुलिखेल सडक निर्माणमा अझै कति समय लाग्ने हो, त्यसको कुनै एकिन छैन । तर, बनेपाको विवाद टुंगिएसँगै अब काम तिव्र गतिमा अघि बढ्ने ठेकेदार कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077