काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत चाइनिज ताइपेइसँग खेल्दैछ ।
यो खेल नेपाली समय अनुसार आज साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो ।
नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी छैनन्।
यस प्रतियोगितामा कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा २२ सदस्यीय टोली हाल इन्डोनेसिया पुगेको छ।