Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चाइनिज ताइपेसँग हार्‍यो नेपाली महिला फुटबल टोली

चाइनिज ताइपेसँग हार्‍यो नेपाली महिला फुटबल टोली

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको हो । खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो ।

चाइनिज ताइपेको लागि हुङ के सिनले निर्णायक गोल गोल गरिन् । फिफा महिला फुटबलको वरियतामा चाइनिज ताइपे ४२ औँ स्थानमा रहँदा नेपाल ८९ औँ स्थानमा रहेको छ ।

यस त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077