काठमाडौं । सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताको माग गर्दै मंगलवार पनि प्रदर्शन जारी राखेका छन्।
सहकारी पीडितसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै बचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरूले मंगलवार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयका अगाडि बुद्धनगरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले ‘सहकारी पीडितलाई न्याय दे, वचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ, सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ, राजनीतिक नियुक्तिको आडमा सहकारीमा हुने दलाली बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, सहकारी बचत हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने तथा तत्कालीन सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ।