Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मधेश प्रदेशसभा बैठक स्थगित, अब दिउँसो २ बजे बस्ने

मधेश प्रदेशसभा बैठक स्थगित, अब दिउँसो २ बजे बस्ने

बुधवार , मंसिर १७, २०८२

जनकपुरधाम । मधेश प्रदेशसभाका विश्वासको मत लिने क्रममा मुख्यमन्त्री सरोज कुमार यादवलाई अनुपस्थित भएपछि बैठक स्थगित भएको छ ।

विश्वासको मत लिन बिहान ८ः३० मा बैठक बोलाए पनि बैठक १०ः३० मा सुरु भएको थियो । तर प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीसहित मन्त्री अनुपस्थित भएपछि २ बजे सम्मको लागि स्थगित भएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम वक्तव्यसहित प्रस्ताव पेश गर्नु हुने कार्यसूची छ।

विधानको धारा १६८ को उपधार (३) बमोजिम प्रदेशसभासभामा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार परमादेश दिएको थियो ।

सर्वोच्चको पत्र मंगलबार पाएपछि उनले बुधबार विश्वासको मत लिन लागेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077