काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आइतबार मतदान हुँदैछ ।
मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उमेदवारी परेकामा आइतबार निर्वाचन हुन लागेको हो ।
मधेसको सभामुखका लागि जसपा नेपालका रामआशीष यादव र नेकपा एमालेका त्रिलोकी प्रसादले उमेदवारी दिएका छन् । यादव सत्तारुढ सात दलीय गठबन्धनका उमेदवार हुन् ।
सभामुख चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेशसभा बैठकमा सभामुख निर्वाचनसम्बन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ ।