काठमाडौं । मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामअशीष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् ।
आजै बसेको प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा निर्वाचित भएका थिए ।
उनको विपक्षमा एमालेका त्रिलोकी प्रसादले समेत सभामुख पदमा उमेदवारी दिएका थिए ।