Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मधेस प्रदेशमा सरकार गठन आह्वान, मंसिर १९ गतेसम्मको म्याद

मधेस प्रदेशमा सरकार गठन आह्वान, मंसिर १९ गतेसम्मको म्याद

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् ।

उनले बुधबार साँझ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आफ्नो दाबी पेस गर्न आव्हान गरेका हुन् । 

मुख्यमन्त्री पदमा दाबी पेस गर्नका लागि उनले यही मंसिर १९ गते शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

सरोजकुमार यादवले मुख्यमन्त्रीबाट दिएको राजीनामा स्वीकृत गर्दै उनले नयाँ सरकार गठनका लागि आव्हान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077