Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

स्वरसम्राट नारायण गोपालको आज ३५ औँ स्मृति दिवस

स्वरसम्राट नारायण गोपालको आज ३५ औँ स्मृति दिवस

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । स्वरसम्राट नारायण गोपालको ३५ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको हो ।

उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो ।

वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले थुप्रै कालजयी गीत गाएका छन् ।

उनका ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘एउटा मान्छेको मायाले’, ‘झरेको पात झैँ भयो जिन्दगी’, ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ’, ‘केही मीठो बात गर’, ‘साउनको झरी बनी तिमी आउन’ जस्ता गीतहरू चर्चित छन् ।

मूर्धन्य कलाकार नारायण गोपालको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायण गोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077